शनिबार, बैशाख ८, २०८१

उपत्यकाका १६७ सहित थप ४ सय २६ जनामा कोभिड संक्रमण

काठमाडौ पुस १७,
पछिल्लो २४ घण्टामा देशभरका विभिन प्रयोगशालामा ५ हजार २२५ जनाको पीसीआर परिक्ष्क्षणको क्रममा काठमाडौ उपत्यकाका १६७ सहित थप ४ सय २६ जनामा कोभिड संक्रमण भएको छ भने यही अवधीमा देशभरबाट थप ७ सय ४८ जना कोभिड संक्रमणमुक्त हुँदै डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले आज पहिचान भएका संक्रमितसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६१ हजार १९ सय ९३ पुगेको छ भने निको हुनेको संख्या २ लाख ५३ हजार १०७ पुगेको जनाएको छ ।

त्यस्ते संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको जनाउदै मन्त्रालयले योसंगै संक्रमणबाट मेत्यु हुनेको संख्या १ हजार ८६४ पुगेको जानकारी दिएकोछ । साथै २३४ जनाको आइसीयूमा र ३५ जनाको भेन्टीलेटरमा उपचार भइरहेको समेत मन्त्रालयले जनाएकोछ ।