बुधबार, बैशाख १२, २०८१

औषधि थोक व्यवसायी संघ मुलुकको ७ वटै प्रदेशमा प्रादेशिक संरचना सहित सङ्गठित

काठमाडौं पुस १७,
औषधिका थोक व्यवसायीहरुको साझा संस्था नेपाल औषधि थोक व्यवसायी संघ मलुकको ७ वटै प्रदेशमा सङ्गठित भएका छन । औषधि जगतमा पछिल्लो समय यो वा त्यो नाममा मोलाउदै आएको अनेकन विकृतिको समुल अन्त्य गर्दै उपभोक्ताको संविधानत मौलिक हकको रुपमा व्याख्या गरिएको सुलभ मुल्यमा गुणस्तरिय औषधि सेवन गर्न पाउने अधिकारलाइ अक्षुण्ण राख्नु पर्छ भने अभिप्रायले थोक औषधि व्यवसायी शिवराज वास्कोटा सहितको व्यवसायी समूहको सक्रियतामा मिति २०७३मा विधिवत अस्तित्वमा आएको यस संघको पछिल्लो समय थोक औषधि व्यवसायी सागर शाहीको अध्यक्षतामा प्रदेश न ७ अर्थात सुदूरपश्चिम प्रादेशिक समिति विस्तार भएसंगै ७ वटै प्रदेशमा संघको प्रादेशिक संरचना खडा भएको हो ।

यसअघि प्रदेश न १,२ ,४ मा मात्र क्रियाशील रहेको अवस्थालाइ आत्मासात गर्दै संघका केन्द्रीय अध्यक्ष शिवराज वास्कोटा सहितको टिमले थोक औषधि व्यवसायीहरुलाइ संगठित तुल्याउँदै क्रमस  ५ ,६ र ७ न प्रदेशमा समेत विस्तारित संरचनाले औषधि जगतमा योगदान गर्दै आइरहेका छ ।

प्राप्त पछिल्लो जाकारी अनुसार प्रदेश न १ मा केएल दास नेतृत्वको प्रादेशिक समिति त्रियाशील रहेको छ भने प्रदेश न २मा रोशन गुप्ता अध्यक्ष र विवेक कर्ण महासचिव रहेको समिति क्रियाशील रहेको छ ।त्यस्तै बाग्मती प्रदेशमा केन्द्रीय सचिवालय मातहतका समिति सहितको प्रादेशिक समिति र प्रदेश न ४ मा पूराना औषधि व्यवसायी रुद्ध मल्लको अध्यक्षतामा समिति क्रियाशील रहेको छ । त्यस्तै प्रदेश न ५ ,६ र ७ मा क्रमस शालिकराम आचार्य , सागर शाही र आनन्द शाह नेतृत्वको प्रादेशिक समिति चलायमान रहेको बुझिएकोछ ।

संघका केन्द्रीय अध्यक्ष बास्कोटाका अनुसार औषधि भन्ने वित्तिकै जनस्वास्थ्य संग प्रत्यक्ष सरोकार राख्ने विषय भएका कारण औषधि जगत निकै संवेदनशिल रहेका औषधिको नाममा हुने जुनसुकै किसिमका विषयत समस्या संघको सरोकारको विषय भएको बताए ।

 साथै व्यवसाय र व्यवसायीलाइ पछिल्लो समय नाफाखोर व्यवसायको रुपमा गरिएको चित्रण गर्दै गरेको खिचातानी संगै व्यवसायीको लगानी सुरक्षाको प्रत्याभूति गराउदै राज्य मातहतका नियमक निकाय देखि सरोकारवाला सवै निकायसंगको साक्षात्कार , प्रशिक्षण , औषधि भण्डारणम अपनइनुपर्ने जनस्वास्थ्य मैत्री तौर तरिका सहितको अणुशिक्षण , उद्योगी र व्यवसायीवीच समन्वयकारी भूमिका सहित जस्तो सुकै विषम अवस्थामा पनि उपभोक्ताले सहज र सुलभ मूल्यमा गुणस्तरिय औषधि प्राप्त गर्न सकोस भन्ने सदिक्षा संघको रहेको बताए ।

श्रीजन झा