बुधबार, बैशाख १२, २०८१

प्रचण्ड र गौतमबीचको भेटवार्तासंगै नेकपा राजनैतिक वृत तरंगित

काठमाडों पुस १७,
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा ओली र प्रचण्ड –नेपाल समूहमा विभाजित भएसंगै तटस्थ बस्दै आएका उपाध्यक्ष वामदेव गौतमले  आजबाट शुरु हुने राष्ट्रिय सभाको बैठकमा जानु अघि नेकपा प्रचण्ड –नेपाल समूहका नेता प्रचण्डबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न नेत गौतम खुमलटार पुगेका हुन् । गौतम बिहान साढे नौ बजेतिर खुमलटार पुगेको खुमलाटार स्रोतले जनाएको  छ ।

त्यस्तै भेटमा नेकपा विभाजनपछिको राजनीतिक परिस्थितीका विषयमा छलफल भएको बुझिएको छ । गौतमले प्रधानमन्त्री केपी ओलीको कदम गलत भएको बताएपछि विभाजित पार्टीको दुबै समूहमा नलाग्ने बताउँदै आएका छन् । प्रचण्डले  भने नेता गौतमलाइ आफुलाइ साथ दिन आग्रह गर्दै आएका छन् ।

तर नेता गौतमले आफु कुनै समूह मा नलाग्ने बताउँदै आफ्नो एकमात्र लक्षय भेको विभाजित नेताहरुलाई मिलाउने प्रयास भएको बताउद्यै आएका छन । स्मरण रहोस नेकपाको तत्कालीन ९ सदस्यीय सचिवालयमध्ये महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा प्रधानमन्त्री ओलीको समूहमा छन् । बाँकी सदस्य प्रचण्ड ९नेपाल समूहमा छन् ।