बिहिबार, बैशाख १३, २०८१

६ वर्षीय बालकको हत्या गरेको अभियोगमा ब्रम्हदेव राय लगायत ५ जना पक्राउ

धनुषा, पुस १७
बिदेह नगरपालिका९२ दुहबी बस्ने जिवन रायको छोरा ६ वर्षीय अभिन्दन रायको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ६० वर्षीय ब्रम्हदेव राय लगायत ५ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
घर अगाडी खेल्ने क्रममा बुधबार दिउँसोबाट हराई बेपत्ता भएका अभिन्दनको बिहीबार ब्रम्हदेवको गोठमा गाडिएको अवस्थामा शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा र सिमा प्रहरी चौकी दुहवीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गर्दै प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।