शुक्रबार, चैत्र १६, २०८०

महासंघ र कारोबार दैनिकका व्यवस्थापन वीच सहमति,जारी आन्दोलनका सवै कार्यक्रम फिर्ता

काठमाडौं पुस १६ , नेपाल पत्रकार महासंघले विभिन्न वहानामा टिविआई पब्लिकेशन प्रालिद्वारा प्रकाशित कारोबार राष्टिय दैनिकबाट निष्काशित श्रमजीवी पत्रकारहरुको पुनःर्बहाली, श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, सरकारले तोकेको पारिश्रमिक उपलब्ध गराउनुपर्ने लगायतका माग सहित शुरु गरेका आन्दोलनलाइ नजर अन्दाज गर्दै आइरहेको व्यवस्थापनले अन्तत सहमतिको मार्ग अख्तियार गर्दै समस्याको समाधान रोजेका छ ।

महासंघको नेतृत्वमा भएको पहिलो चरणको आनदोलनलाइ नजरअन्दाज गर्दै आइरहेको व्यवथापन पक्षले महासंघको धादिङ केन्द्रीय समितिको बैठकको निर्णय अनुसार निम्नानुसारको संघर्ष समिति र पूर्वघोषित आन्दोलनअन्र्तगत कालो ब्याननर सहित निवास घेराउ, प्लेकार्ड सहित निवास घेराउ व्यवस्थापकको फोटो प्रदर्शन सहित कोणसभा र सञ्चालकका छिमेकमा माइकिङसहित पर्च वितरणका कार्यक्रमको घोषणा गरेसंगै व्यवस्थापन सहमतिमा आएको हो ।

त्यस्तै आन्दोलनका सन्दर्भमा महासंघ केन्द्र, महासंघ कारोबार शाखा र कारोबार व्यवस्थापन बीच आज महासंघका सचिव एवम् कारोबार संघर्ष समितिका संयोजक प्रकाश थापाको रोहबरमा भएको त्रिपक्षीय सहमति अनुसार महासंघले आन्दोलनका घोषणा गरेका सवै आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको छ ।

त्यस्तै सहमति अनुसार कारोबार व्यवस्थापनले १५ दिनभित्र सबै निष्काशित श्रमजीवी पत्रकारहरुको स–सम्मान पुनःर्बहाली गर्ने, श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन गर्ने र सरकारले तोकेको पारिश्रमिक (स्केल बमोजिम) उपलब्ध गराउने सहमति भएको महासंघका महासचिव रमेश विष्टद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।