शुक्रबार, चैत्र १६, २०८०

काठमाडौको उपत्यकाको न्यूनतम तापक्रम निरन्तर झर्ने क्रमसंगै अत्याधिक चिसो महसुस

काठमाडौ पुस १६,

जल तथा मौसम विज्ञान विभागले काठमाडौको उपत्यकाको न्यूनतम तापक्रम निरन्तर झर्ने क्रममा रहेको जनाएको छ । विभागले बुधबार काठमाडौको न्यूनतम तापक्रम १ दशमलव १ डिग्री सेल्सियस मापन भएसंगै काठमाडौ उपत्यकामा आज यस वर्षकै बढी चिसो महसुस गरिएको जनाएकोछ ।

त्यस्तै विभागले बढ्दो चिसोको कारण देशभरनै चिसो महसुुुस हुनुको अलावा तराई क्षेत्रमा बाक्लो हुस्सुले जनजीवन समेत प्रभावित बनेको जनाएको छ ।  साथै विभागल काठमाडौ उपत्यकाको तापक्रम अबका केही दिन निरन्तर घट्ने सम्भावना रहेको र यो क्रम बढे पनि उपत्यकाको तापक्रम माइनसमा पुग्ने सम्भावना नभएको दावी गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो रेकर्ड अनुसार आज काठमाडौ उपत्यकाको अधिकतम तापक्रम १६ दशमलव ६ डिग्री सेल्सियस रहेको जनाएको छ ।