शुक्रबार, चैत्र १६, २०८०

उपत्यकासहित सबै जिल्लामा प्रचण्ड -नेपाल समूहले आज सरकार विरुद्ध प्रदर्शन गर्दै

काठमाडौं पुस १४,
विभाजित नेकपाको प्रचण्ड – नेपाल समूहले आज देशभर ओली सरकारको विरोधमा शक्ति प्रदर्शन गर्दैछ । काठमाडौं उपत्यकासहित सबै जिल्लामा प्रचण्ड -नेपाल समूहले आज विरोध जुलुस तथा सभाको आयोजना गर्न लागेको हो ।

प्रधानमन्त्रीले असंवैधानिकरुपमा संसद भंग गरेको विषयमा जनतालाई सचेत गराउँदै प्रचण्ड- नेपाल समूहले प्रतिनिधिभा पुनर्स्थापनाका लागि दवाब दिन आज वृहत शक्ति प्रदर्श सहितको विरोध सभा गर्न लागेको हो ।

प्राप्त जाकारी अनुसार बिहान ११ बजेदेखि काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट वृहत जुलुुसले नगर परिक्रमा गर्दै भृकुटीमण्डपको बीच सडकमा बनाइएको मञ्चमा पुगेर सभामा परिणत हुने र सभालाइ शीर्ष नेताहरुले सम्बोधन गर्ने तयारी रहेको बुझिएको छ ।