बिहिबार, बैशाख १३, २०८१

ओली सरकारको अधिनायक कदम विरुद्ध प्रदर्शनमा आआफ्नो निर्वाचन क्षेत्र केन्द्रीत हुन नेताहरुलाइ काँग्रेसको निर्देशन

काठमाडौ पुस १२,
प्रम केपी ओलीको संसद विघटन कदम विरुद्ध नेपाली काँग्रेसले मुलुकको १६५ वटै निर्वाचन क्षेत्रमा गर्ने देशब्यापी विरोध प्रदर्शनको क्रममा आ-  आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रीत प्रदर्शनमा उत्रन कांग्रेसले नेताहरुलाई निर्देशन दिएको छ ।

केन्द्रीय कार्यसमितिको बैठकले प्रतिनिधि सभा विघटनलाई असंबैधानिक ठहर गरेर सरकार विरुद्ध आन्दोलन घोषणा गरेसंगै हुन गइरहेको यो दोस्रो पदर्शन हो । यसअघि गत मंसिर २९ गते पनि काँग्रेसले सरकारको अतिवाद विरुद्ध देश व्यापी प्रदर्शन गरेको थियो ।  यद्यपी काँग्रेसले संसद पुर्नबहाली र निर्वाचनको प्रसंगमा भने  सर्वोच्च अदालतको आदेशको प्रतिक्षा गर्दै पर्ख र हेरको निती अख्तियार गर्ने भएको छ ।

यसैक्रममा पार्टी सभापति शेर बहादुर देउवाले पार्टीका सदस्य, शुभचिन्तक र सबै लोकतन्त्रवादीलाई संसद विघटन जस्तो अलोकतान्त्रिक कदम विरुद्ध हुने विरोध प्रदर्शनमा सरिक हुँदै सरकारको अधिनायक र असंवैधानिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्नअपील गर्नभएकोछ ।