शुक्रबार, बैशाख ७, २०८१

प्रम ओलीको अधिनायक कदम विरुद्ध एकाकार हुन नेता जोशीको आव्हान

महानगर १९ मा क्रियाशील सदस्यको भेला 

काठमाडौं पुस ११ ,
काठमाडौं काँग्रेस क्षेत्र न ८ अन्र्तगत वडा न १९ इकाइको आज क्रियाशील सदस्यको भेला आयोजना गरिएको छ । मुलुुकको पछिल्लो राजनैतिक घटनाक्रम अन्र्तगत प्रतिनिधि सभा विघटन गर्ने प्रम ओलीको  गैर संवैधानिक कदम विरुद्ध काँग्रेसले आव्हान गरेको देशव्यापी आन्दोलनको घोषणाको क्रममा पुस १३ गते आयोजित विरोध कार्यक्रमको पूर्व तयारी भेलाको आयोजना गरिएको क्षेत्रीय सचिव राजेश श्रेष्ठले जानकारी दिनभयो ।

त्यस्तै भेलालाइ सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका काँग्रेस केन्द्रीय सदस्य नविन्द्रराज जोशीले काँग्रेस केन्द्रीय समितिको निर्णय अनुसार प्रधानमन्त्री केपी ओलीको स्वच्छेचारी र अधिनायक कदमविरुद्ध पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा क्षेत्रीय कार्य समितिको आयोजनामा एकसाथ हुने प्रदर्शनमा सहभागी हुँदै लोकतन्त्रको रक्षाका लागि योगदान गर्न सवैलाइ आव्हान गनुभएको छ । भेलामा इकाइ समितिको पदाधिकारी क्षेत्रीय समितिका पदाधिकारी लगायत दर्जर्नौ क्रियाशील सदस्यहरुको उपस्थिती रहेको थियो ।

यसैवीच क्षेत्रीय सचिव श्रेष्ठले पुस १३ गते स्थानीय महादेव पार्वती दवलीमा विरोध सभाको आयोजना गरिने जानकारी दिदै पुस १३ मा महादेव पार्वती दवलीमाउपस्थित हुन सवैलाइ आग्रह गर्नु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930