बिहिबार, चैत्र १५, २०८०

प्रम ओली नेतृत्वको मन्त्रिपरिषदको  पुनर्गठन सहित जिम्मेवारीमा यसरी गरियो हेरफेर 

काठमाडौं पुस १०,
प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदको हेरफेर र विस्तार गर्नुभएको छ । पुनर्गठित मन्त्रिपरिषदमा प्रम ओलीले टोपबहादुर रायमाझीलाइ ऊर्जा, जलस्रोत तथा सिँचाइ, स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पर्यटन र संघीय मामिला तथा समान्य प्रशासन मन्त्री बनाईएको छ भने हृदयेश त्रिपाठीलाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिईएकोछ ।

त्यस्तै कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फेलाई भूमिव्यवस्था मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठ कानून मन्त्री बनाइएको छ । त्यस्तैगरि भूमिव्यवस्था मन्त्री पद्मा अर्याललाई कृषि मन्त्रालय , सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठलाइ शिक्षा मन्त्रालयको जिम्मेवारी दिई ईएको छ ।

यस्तो छ मन्त्रिपरिषद्को नयाँ संरचना  र  कार्य विभाजन :

त्यस्तै मणि थापालाइ खानेपानी तथा सरसफाई, प्रभू साह सहरी विकास र प्रेम आलेलाइ वन तथा वातावराण मन्त्रीको जिम्मेवारी दिनुभएको छ भने गणेश ठगुन्ना संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र गौरीशंकर चौधरी श्रम मन्त्री र दावा लामालाइ युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिनु भएको छ भने जुलीकुमारी महतोलाइ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको जिम्मेवारी   दिनुको अलावा उद्योग राज्यमन्त्री मोती दुगड र खेलकुदमन्त्री जगत विश्वकर्मालाई बिदा  गर्दै दुगडको स्थानमा विमला बिकलाई नयाँ जिम्मेवारी दिनुभएको छ । नव नियुक्त मन्त्रीहरुल अहिले साँझनै पद तथा गोपनियताको सपथ गर्ने बताईएको छ ।