बिहिबार, बैशाख १३, २०८१

मन्त्रिपरिषदलाइ पूर्णता दिन आज साँझ मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौ पुस १०,
प्रधानमन्त्री केपी अ‍ोलीले  शुक्रबार साँझ ६ बजेकालागि मन्त्रिपरिषद बैठक बोलाउनुभएको छ । आज प्रम सचिवालयका अनसार आजको मन्त्रिपरिषद बैठकले रिक्त रहेको मन्त्रिपरिषदको विस्तार गर्ने तयारी रहेको जनाएको छ ।

गत आइतबार प्रम ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नुभएपछि सरकारकाको उक्त कदम प्रति विमति जनाउदै ७ जना मन्त्रीहरुले सामुहिक राजिनामा दिएसंगै रिक्त रहेको मन्त्रालयमा प्रम ओलीले नयाँ नियुक्त गर्न लागेको हो ।
समाचार स्रोतका अनसार ओली सरकारको मन्त्रीमण्डलमा प्रवेश पाउनेहरुमा प्रचण्ड नेपाल समुह इतरका व्यक्तिहरुको सूची रहेको बुझिएको छ ।