शुक्रबार, चैत्र १६, २०८०

यौन उत्पीडन गरेको अभियोगमा अन्सारी र थापा साईबर ब्यूरोको फन्डामा

काठमाडौ पुस ९,
नेपाल प्रहरीको साईबर ब्यूरोले महिलालाई यौन उत्पीडन एवं हैरानी दिएको अभियोगमा अस्लम अन्सारी र गोरखा सुलिकोट गाउँपालिका९५ बारपाक घर भई हाल ललितपुर चापागाउँ बस्ने २० वर्षीय रोलक वहादुर थापा लाई मंगलबार पक्राउ गरेको छ ।

प्रहरीको अनुसार अस्लमले मकवानपुर घर भई बैङ्ककको थाईल्याण्ड बस्ने आफ्नै महिला साथीकोअर्धनग्न, नग्न तस्बिर तथा भिडियो फेक आईडी तथा ई९मेलबाट पोर्न साईट समेतमा अपलोड गर्नुको साथै ती तस्वीर तथा भिडियोहरु उक्त पोर्नसाईटबाट हटाउनको लागि १ हजार ९८अमेरिकी डलर माग गरी ब्ल्याकमेल गर्दै यौन उत्पीडन दिएको प्रहरीले जनाएको छ ।

त्यस्तै रोलकले फेसबुकमा फेक आईडी बनाई आफन्त तथा नजिकका साथीहरूलाई यौनजन्य, अश्लिल सन्देश तथा तस्बिर पठाउनुको अलावा यौनअश्लिलतायुक्त सामग्री पोष्ट गरी हैरानी दिने कार्य गरेको अनुसन्धानबाट खुल्न जनाउद्यै पक्राउ परेका व्यक्तिहरू उपर थप अनुसन्धान भईरहेको ब्यूरोले जनाएको छ ।