शुक्रबार, चैत्र १६, २०८०

जसपाको तर्फबाट संसद बैठक आह्वान गर्न सभामुखको ध्यानाकर्षण

सरकार गठन गर्ने विकल्प रहेसम्म प्रतिनिधीसभा विघटन नहुने स्पष्ट व्यवस्था रहेको जनाउ दिदै आफु अघि बढने सभामुखको आश्वासन

काठमाडौं पुस ९,
जनता समाजवादी पार्टी ‘जसपा’ले प्रतिनिधिसभाको बैठक आह्वान गर्न सभामुखको ध्यानाकर्षण गराएको छ । जसपाका नेताहरुक्रमस बाबुराम भट्टराई, उपेन्द्र यादव र लक्ष्मणलाल कर्ण लगायतका नेताहरुले आज सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर विशेष अधिकार प्रयोग गरि बैठक आह्वान गर्न आग्रह गर्नुभएको हो ।

त्यस क्रममा नेताहरुले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएकाले संसद जीवितै रहेको दावी गर्दै गर्दा सभामुखले सापकोटाले दलहरुसँगको छलफलका आधारमा आफु अघि बढने आश्वासन दिनुभएको नेताहरुले बताएका छन ।

स्मरण रहोस बुधबार सभामुख सापकोटाले जारी गर्नु भएको विज्ञप्तिमा प्रतिनिधिसभा जीवितै रहेको आशय सहित संविधानको धारा २६ मा प्रतिनिधी सभामा सरकार गठन गर्ने विकल्प रहेसम्म प्रतिनिधीसभा विघटन नहुने स्पष्ट व्यवस्था रहेको उल्लेख गर्नुभएको छ ।  साथै यस शन्दर्भमा संविधानको फरक व्याख्या नहोस र शक्तिपेथकिकरण , सन्तलन र नियन्त्रण राख्न सकियोस भन्ने मान्यता सहित संविधानमा यस्तो व्यवस्था गरिएको उल्लेख गर्नुभएकोछ ।