बिहिबार, बैशाख १३, २०८१

काँग्रेसले संसद विघटन प्रकरणविरुद्ध देशब्यापी प्रदर्शन गर्ने

 काठमाडौं पुस ८ ,
नेपाली कांग्रेसले संसद विघटन गर्ने प्रम ओलीको कदमको विरोधमा देशब्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो।

यद्यपी कुन दिन प्रदर्शन गर्ने भन्ने विषयको निरुपण विहिवार बस्ने बैठकले तय गर्ने काँग्रेस मुख्यालयले जनाएको छ ।

त्यस्तै आजको बैठकले पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका कार्यक्रम देशव्यापी रुपमा मनाउने निर्णय समेत गरेको छ भने संसद विघटन प्रकरणमामा आजको बैठकमा केन्द्रीय सदस्यहरु डा. रामशरण महत, बलबहादुर केसी, आनन्दप्रसाद ढुगाना र गगनकुमार थापाले धारणा राख्नु भएको थियो ।