शुक्रबार, चैत्र १६, २०८०

ससंद विघटन निर्णयविरुद्ध दर्ता भएका १३ मध्ये १२ वटा रिट उपर आजबाट सर्वोच्चले कारवाही थाल्दै

संवैधानिक इजालासमा दर्ता भएको रिट निवेदनको भने  सुनुवाइ शुक्रबार

 काठमाडौं पुस ८,
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ससंद विघटन गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका १३ मध्ये १२ वटा रिट निवेदन उपर आजबाट सर्वोच्चले कारवाही थाल्ने भएको छ ।

प्राप्त् जानकारी अनुसार दर्ता भएका प्राय सवै रिट निवेदनमा प्रधानमन्त्रीले गरेको सिफारिस र सो सिफारिसका आधारमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनसम्बन्धी गरेको निर्णय गैर संवैधाकि भएको जिकिर सहित नेपालको संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम बदर गर्न माग गरिएको छ ।

त्यस्तै उक्त रिट निवेदनको सुनवाइका लागि नियमति इजलास अन्र्तगत प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले हेर्ने गरि कारवाही प्रक्रिया तोकिएको छ भने संवैधानिक इजालासमा दर्ता भएको रिट निवेदनको भने शुक्रबार सुनुवाइ तय भएको सर्वोच्च प्रशासनले जनाएको छ ।