शुक्रबार, चैत्र १६, २०८०

जसपा’ प्रम ओलीको असंवैधानिक कदम विरुद्ध सडक सघर्षमा ,पुस १० मा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने

काठमाडौं पुस ८,
जनता समाजवादी पार्टी ‘जसपा’ले आज प्रधानमन्त्री केपी ओलीको ससंद विघटन कदम विरुद्ध देशभर विरोध प्रदर्शन गर्दैछ । जसपाको मंगलवार बसेको बैठकले प्रतिनिधिसभाको बैठक बोलाउन सभामुखलाई आग्रह गर्दै प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक भएको ठहर सहित यस्तो निर्णय गरेको हो ।

प्रदर्शनको क्रमम ७७ जिल्लाका सदरमुकाममा विरोध प्रदर्शन गरिने सो पार्टी सम्वद्ध नेताहरुले जनाएको छ । त्यस्तै जसपाले तय गरेको विरोध प्रदर्शनका थप कार्यक्रम अन्र्तगत पुस १० गते राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस र १२ गते केन्द्रीकृत जनप्रदर्शन गर्ने निर्णय समेत गरेको छ ।