बिहिबार, चैत्र १५, २०८०

काँग्रेस केन्द्रीय समिति : अदालत, सडक संघर्ष र चुनाव तीनवटै विकल्पको प्रयोग गर्दै अगाडि बढ्नपर्नेमा नेताहरुको जोड

काठमाडौं पुस ८,
प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसको मंगलवार बसेको केन्द्रीय समितिको बैठकमा मुलुकको पछिल्लो राजनैतिक घटनाक्रम केन्द्रीत हुँदै आआफ्नो धारण राख्ने क्रममा अदालत, सडक संघर्ष र चुनाव तीनवटै विकल्पको प्रयोग गर्दै अगाडि बढ्नपर्ने बताएका छन ।

धारणा अभिव्यक्त गर्ने क्रममा पार्टी सभापति शेरबहादुर देउवा पक्षको तर्फबाट भने सरकारले घोषणा गरेको चुनावको अवसर लाई उपयोग गर्दै जानु पर्ने जिकिर गर्दै गर्दा वरिष्ठ नेता पौडल सहितका सदस्यहरुले भने प्रधानमन्त्रीको कदमको विरोधमा रहेका सबैलाई एकाकार गर्दै कांग्रेसले सडक संघर्षलाइ प्राथमिकरण गर्नुको विकल्प नभएको भन्दै सोहि मुताििवक अगाडि बढेनु पर्ने बताएका छन ।

मंगलवारको बैठकमा पार्टी सभापति शेर बहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल ,केन्द्रीय सदस्यहर महेश आचार्य, डा नारायण खड्का र एनपी साउद लगायतले आफ्नो धारणा राख्नु भएको थियो ।बाँकी नेताहरुको धारणा बुझ्नका लागि केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ ।