बिहिबार, बैशाख १३, २०८१

नेता गौतमले भने – प्रधानमन्त्रीको कदम गैर संवैधानिक

काठमाडौं पुस ५,
नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधिसभा विघटना गर्ने प्रधानमन्त्री ओलीको गलत कदमको भर्त्सना गर्नु भएको छ ।

नेता गौतमले प्रेस नोट जारी गर्दै आम निर्वाचनबाट झन्डै दुईतिहाइ बहुमत प्राप्त गरेको नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले संसदको कार्यकाल दुई वर्ष बाँकी हुँदाहुँदै प्रधानमन्त्रीले उठाएको अलोकतान्त्रिक कदमले देशमा राजनीतिक अस्थिरता बढाउने र संघीय लोकतान्त्रिक गणतन्त्रका सम्पूर्ण मूल्यमान्यतालाई समाप्त पार्ने बताउनुभएको छ

त्यस्तै जारी प्रेस नोटमा नेपालको संविधानको मर्म र भावनाविपरित प्रमले विघटन गरेको भन्दै प्रम ओलीको कदमलाइ गैर संवैधानिक समेत भनेको छ ।