बुधबार, बैशाख १२, २०८१

नयाँ निर्वाचनको तयारीमा लाग्न आयोगलाई प्रम ओलीको निर्देशन

राजनैतिक घटनाक्रमलाई दृष्टिगत गर्दै प्रभावकारी भूमिका निर्वाह गर्न सुरक्षा निकायलाई निर्देशन

काठमाडौं पुस ५,
प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्दै नयाँ निर्वाचनको मिति तोकेसंगै नयाँ निर्वाचनको तयारीमा लाग्न निर्वाचन आयोगलाई निर्देशन दिएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै २०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते सोमबार दोस्रो चरणको निर्वाचनको मिति तोकिएपछि प्रम ओलीले आज अपरान्ह प्रमको सरकारी निवास बालुवाटार आयोगका पदाधिकारीहरूसँग छलफल गर्दै यस्तो निर्देशन दिएको हो ।

छलफलमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल लगायत सहभागी भएका थिए । आयोगको तर्फबाट प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालगायतको सहभागिता रहेको थियो । त्यस्तै छलफलको क्रममा आयोगका पदाधिकारीले मतपेटिका सुरक्षामा चुनौती सिर्जना हुन नदिन एकै चरणमा निर्वाचन गर्न प्रम ओलीलाई सुझाव दिएको  बुझिएकोछ   ।

यसैवीच आजै प्रम ओलीले मुलुकका चारवटै सुरक्षा निकायका प्रमुखहरूलाई प्म निवास वोलाएर विकसित नयाँ राजनीतिक घटनाक्रमलाई दृष्टिगत गर्दै प्रभावकारी भूमिका निर्वाह गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।  अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा समेतको उपस्थितीमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाइ निर्देशन दिदै  पछिल्लो राजनैतिक घटनाक्रम पछि हुन सक्ने प्रदर्शन लगायतका यावत घटनाक्रम प्रति सजक र सचेत रहन निर्देशन दिएको बताइएको छ ।