बिहिबार, बैशाख १३, २०८१

काग्रेसले भन्यो- अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याऔं!

काठमाडौं पुस ५,
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद् विघटन गर्ने मन्त्रिपरिषद्को सिफारिसप्रति आपत्ति जनाउदै संसद विघटन प्रधानमन्त्रीको अविवेकी निर्णय र अधिनायकवादी आकांक्षाको पराकाष्ठाको उपज भएको जनाउ दिएकोछ । त्यस्तै काँग्रेसले संसद विघटनको सिफारिसको राजनीतिकरूपले प्रतिवाद गर्ने बताउदै संविधान र लोकतन्त्र रक्षाका लागि एकजुट हुन कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सबैमा आग्रह समेत गर्नु भएको छ ।

त्यस्तै प्रवक्ता शर्माले जारी गर्नु भएको विज्ञप्तिमा चुनावको बेला स्थिरताको चर्को नारा दिने अनि आफ्नो पार्टी भित्रको द्वन्द्वको परिणाममा मुलुकलाई अस्थिरता तर्फ पुनः धकेल्न खोज्ने प्रवृत्ति निन्दनीय भएको उल्लेख गर्दै जनता कोभिड मारमा रहेका बेला सत्ताको जितहारको द्वन्द आफैमा लज्जास्पद थियो र छ भन्दै विज्ञप्तिमा विघटनको अस्त्रलाई अधिनायक आकांक्षाको अन्तिम प्रयत्नका रूपमा हामीले लिएका छौं र उद्घोष गर्दछौं यो प्रयत्नलाई असफल तुल्याइने समेत जिकिर गरिएको छ ।

साथै असंवैधानिक र आवेगपूर्ण सिफारिस अस्वीकार गरेर संविधानप्रतिको आफ्नो अभिभावकीय कर्तव्य निर्वाह गर्न सम्माननीय राष्ट्रपतिलाई अपील गर्दै नेपाली कांग्रेस संविधान र लोकतन्त्र रक्षाका लागि एकजुट हुन पार्टीका साथीहरु, सबै राजनीतिक दल, संघ–संस्था र समस्त लोकतन्त्रवादी नेपालीलाइ अपील गरिएको छ ।

त्यस्तै पार्टीको थप धारणा बनाउन आएतवार १ बजे उपत्यकामा उपलब्ध पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाइएको समेत उल्लेख गरिएको छ ।