शनिबार, बैशाख ८, २०८१

पुस १७ मा राप्रपाले उपत्यकामा सरकार विरुद्ध शक्ति प्रदर्शन गर्ने

काठमाडौं पुस ४,
राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी पुस १७ गते उपत्यकामा हिन्दु राष्ट्र र राजसंस्थाको पुनरस्थापनाको माग गर्दै वृहत प्रदर्शन गर्ने भएको छ । आज काठमाडौंमा आयोजित उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले राप्रपा केपी आली सरकारको अराजकता विरुद्ध आन्दोलनमा होमिनुको विकल्प नभएको बताउनुभयो।

त्यस्तै पार्टीका अर्का अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा स्वस्फुर्त रुपमा भइरहेको प्रदर्शनमा राप्रपाको समर्थन रहेको बताउनुभयो ।त्यस्तै डा प्रकाशचन्द्र लोहनीले कोभिड कहरलाइ नियन्त्रण गर्न सरकार पुर्णरुपमा असफल भएको बताउँदै जन चाहना अनुरप राप्रपाले संबैधानिक राजसंस्था र हिन्दू राष्ट्रको माग गर्दै देशभर प्रदर्शन गर्ने बताउनुभयो ।