आइतवार, साउन १७, २०७८

विकास निर्माणको कामलाई द्रुत गतिमा अघि बढाउन मन्त्रीद्दयको निर्देशन

अनुप प्रधान /काठमाडौं पुस ३ ,

चन्द्रागिरी नगरपालिकामा निर्माणाधिन अवस्थामा रहेको तीनथाना र किर्तिपुर जोड्ने निर्माणाधिन पुल र चन्द्रागिरी नगरपालिका–१५ निर्माणाधिन साकुरा पार्कको अवलोकन गर्दै शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक योजना तथा यातायात मन्त्री वशन्त नेम्वाङले पस्तुत निर्माणाधिन तीनथाना–किर्तिपुर जोड्ने पुल परियाजालाइ द्रुत गतिमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

त्यसक्रममा मन्त्रीद्दयले कुनै बहाना बनाउन पाइदैन, तोकिएकै समयमा पुल निर्माण गर्नैपर्छ–भन्दै आसन्न नया वर्षमा तीनथाना र किर्तिपुरका बाटोमा मोटर गुड्नुपर्ने बताउनुभएको छ ।

त्यस्तै चन्द्रागिरी नगरपालिका–१५ वडामा गौरबको योजनाको रुपमा हेरिएको साकुरा पार्कको अवलोकनको क्रममा पनि मन्त्रीद्धयले यस्तो भीरालो र डरलाग्दो स्थानमा पार्कनिर्माण गरेर वडा र स्थानीयले साहसी काम गरेको बताउँदै पार्कको गुरुयोजना तयार गरी थप विकास गर्नुपर्ने बताउनुभयो ।
त्यस अवसरमा वडा अध्यक्ष उत्तमबहादुर रावतले पार्कको लागि बजेट व्यवस्थापन गर्न आग्रह गर्दै पार्कको भावी योजनानको सविस्तार व्याख्या गर्नु भएको हामा सहकर्मीले जनाएको छ ।

त्यसलगत्तै विष्णुदेवी मन्दीरको विकास निर्माण र गुरुयोजनाको विषयमा छलफल गर्न शहरी विकास मन्त्रालयका सचिव र उच्च स्तरीय टोली सहित विष्णुदेवी मन्दीर परिसर पुग्नुभएका मन्त्री श्रेष्ठले एतिहासिक विष्णुदेवी मन्दीरको गुरुयोजना तयार गरी विकास निर्माणको कामलाई अघि बढाउन आवश्य रहेको भन्दै तत्काल यसको लागि योजना कार्यान्वयन चरणमा जानेबताउनुभयो ।

अवलोकन भ्रमणमा शहरी विकास मन्त्रालयका सचिव डा। रमेश प्रसाद सिंह, वागमती सभ्यता एकिकृत विकास समितिका कार्यकारी अधिकृत नवराज प्याकुरेल सहितको मन्त्रालयको उच्च स्तरीय टोली सहभागि भएका थिए।

 

विकास निर्माणको कामलाई द्रुत गतिमा अघि बढाउन मन्त्रीद्दयको निर्देशन

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930