बुधबार, बैशाख १२, २०८१

स्वास्थ्य सामग्री खरीद प्रकरणको छानविन गर्ने जिम्मा अख्तियारलाइ दिने लेखा समितिको निर्णय

सामग्री खरीदमा भएको अनियमितामा आफ्नो संलग्नता पुष्टि भए कारवाही भोग्न तयार रहेको मन्त्री ढकालको जनाउ

काठमाडौं पुस ३ ,
प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको आज बसेको बैठकले कोभिड–१९ महामारी नियन्त्रणका लागि गरिएको स्वास्थ्य सामग्री खरीद प्रक्रियामा अनियमितता भएको ठहर गर्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप छाविनको लागि लेखि पठाउने निर्णय गरेको छ ।
समितिको आज बसेको बैठकमा सरोकारवाला विभागीय मन्त्रालयका मन्त्री भानुभक्त ढकालसँग छलफल गरेसंगै स्वास्थ्य सामग्री खरीद प्रक्रिया नियमसङ्गत नभएको पाइएको र खरीद प्रक्रियामा संलग्न पदाधिकारी दोषी देखिने अवस्था आएकाले बैठकले यस्तो निर्णय गरेको हो ।

स्मरण रहोस ,स्वास्थ्य सामग्री खरीद प्रकरणमा लागत अनुमान बजेटको स्रोतको कुनै यकिन नगरी सीधै प्रस्ताव माग गरेर खरीद प्रक्रिया अघि बढाई सम्झौता भएसंगै आवश्यक बजेट उपलब्ध गराउन मन्त्रालयमा पत्राचार गरिएको प्रारम्भिक अध्ययनबाट देखिएको निष्कर्ष सहित लेखा समितिको बैठकले  विभागीय प्रमुखले आफू खरीद प्रक्रियामा नेतृत्व गर्नुपर्नेमा अन्य असम्बन्धित व्यक्तिलाई संलग्न गराई अख्तियारको समेत दुरुपयोग गरेको देखिएको जनाएको छ ।

त्यस्तै  बैठकमा स्वास्थ्यमन्त्री ढकालले स्वास्थ्य सामग्री खरीदमा भएको अनियमितामा मेरो संलग्नता पुष्टि भए कारवाही भोग्न तयार रहेको भन्दै विषम परिस्थितीमा स्वास्थ्य सामग्री खरीदमा केही महँगो परेको भने स्वीकार गरेको बैठकमा सहाभागी एक सदस्यले बताएका छन ।

स्वास्थ्य सामग्री खरीद प्रकरणको छानविन गर्ने जिम्मा अख्तियारलाइ दिने लेखा समितिको निर्णय