शुक्रबार, चैत्र १६, २०८०

विभत्स टीकापुर घटनाका योजनाकार एवम निलम्वित सासंद रेशमलाल सहित ८ जनालाई जन्मकैदको फैसला

काठमाडौं पुस ३ ,
उच्च अदालत दिपायलले विभत्स टीकापुर घटनाका आरोपी एवम निलम्वित सासंद रेशमलाल चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको छ । अदाललतका वरिष्ठ न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश सीताराम मण्डलको इजलासले बिहीबार उक्त फैसला गरेको   हो ।

आज भन्दा ५ वर्ष अघि  अर्थात  गत २०७२ भाद्र ७ गते टीकापुरमा एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको हत्या भउको घटनाका योजनाकार समेत रहेको आरोपमा यसअघि रेशमसमेत ११ जनालाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला गरेको थियो ।यद्यपी कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला गरेका ११ मध्ये उच्च अदालतले ७ जनाको सजाय सदर गरेको छ भने बाँकी ४ जनाको सजाय घटाएको छ । त्यस्त्ै यसअघि ३ वर्ष जेल सजाय तोकिएका लक्ष्मण थारूलाई उच्च अदालतले जन्मकैदको सजाय सुनाएको छ ।

अदालत स्रोतबाट प्राप्त जानकारी अनुसार जन्मकैदको सजाय हुनेमा लक्ष्मण, रेशम, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गंगाराम चौधरी रहेका छन भने सुन्दरलाल कठरिया, बृजमोहन चौधरी, राजेश चौधरी र राजकुमार कठरियाका हकमा जिल्ला अदालत कैलालीले जन्मकैदको सजाय तोकेकामा उच्च अदालत दिपायलले त्यसलाई बदर गरी ५ वर्ष मात्र कैद गर्न आदेश बताईएको छ ।

घटनामा संलग्न रहेका रामप्रसाद चौधरी, सन्तराम चौधरी, किसनलाल चौधरी र प्रेमबहादुर चौधरीको हकमा भने यसअघि तीन वर्ष कैद सजाय तोकिएकामा उच्च अदालतले ५ वर्ष कैद सजाय तोकेको छ । चुन्नीराम चौधरी, लाहुराम चौधरी र रामकुमार कठरियाको हकमा भने ३ वर्षको कैद सजायलाई नै सदर गरिएको छ । त्यस्तै  विश्राम चौधरीलाई ३ वर्ष कैद सजाय तोकेकामा उच्च अदालतले उनलाई सफाइ दिएको छ । रामनरेश चौधरी र तहावीर अलीले पनि सफाइ पाएका छन् ।