शुक्रबार, बैशाख १४, २०८१

उपत्यकामा ३६३ सहित देशभर थप ७७६ जनामा कोभिड संक्रमण, ६ जनाको मृत्यु

काठमाडौं पुस २,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ५८८ जनाको पीसीआर परिक्षणको क्रममा काठमाडौ उपत्यकामा ३६३ सहित देशभर थप ७ सय ७६ जनामा कोभिड संक्रमण पुष्टि भएसंगै नेपालमा ल संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ भने कुल संक्रमित मध्ये सक्रिय संक्रमितको संख्या ९ हजार ५८० रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोभिड संक्रमणको उपचार पछि आज ९ सय ४७ जना संक्रमणमुक्त हुँदै डिस्चार्ज भएसंगै नेपालमा संक्रमण मुक्त हुनेको सख्या २ लाख ४० हजार ३६३ पुगेको छ ।

त्यस्तै संक्रमणबाट थप ६जनाको निधन भएको जानकारीदिदै मन्त्रालयले योसंगै नेपालमा संक्रमणबाट निधन हुनेको संख्या १ हजार ७ सय ४९ पुगेको जानकारी दिएको छ । त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा २८१ र भेन्टीलेटरमा ५९ जना उपचारत रहेको जनाएको  छ ।