मङ्लबार, बैशाख ४, २०८१

काँग्रेसले भन्यो- संसदको हिउँदे अधिवेशन तत्काल बोलाउ

काठमाडौं पुस १,
नेपाली कांग्रेसद्वारा संघीय संसदको हिउँदे अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गरेको छ । सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा आज बसेको कांग्रेस पदाधिकारी बैठकले सरकारले संसदलाइ ओझेलमा पार्दै अध्यादेशबाट देश चलाउन खोजिरहेको विषम अवस्था प्रति चिन्ता व्यक्त गर्दै तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले मंगलबार हुमतकै आधारमा संवैधानिक परिषद्ले निर्णय गर्न सक्ने गरी लोकतन्त्रको मर्ममाथिनै प्रहार गर्दै अलोकतान्त्रिक कदमको पेष्ठपोष्कबन्दै सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पनि तत्काल फिर्ता गर्न सरकारसँग माग समेत गरेको छ ।

साथै बैठकले सरकारविरुद्ध मंसिर २९ गते देशभर सरकार विरुद्ध गरिएको प्रदर्शनमा उत्साहपूर्ण सहभागिता जनाइ सरकारलाइ खवरदारी गर्ने कार्यमा सरिक सबैमा धन्यवाद समेत ज्ञापन गरेको छ ।