शुक्रबार, चैत्र १६, २०८०

लुँ यागु तक्माको शुभ मुहर्त

काठमाडौं मंसिर ३० /अनुप प्रधान 
नेपाल भाषामा निर्माण हुन लागेको सामाजिक कथामा आधारित चलचित्र लुँ यागु तक्माको वरिष्ठ हास्यव्यङ्गय कलाकार मदनकृष्ण श्रेष्ठज्यूको प्रमुख आतिथ्यता, विशेष अतिथि चलचित्र विकास वोर्डका अध्यक्ष दयाराम दाहाल, बरिष्ठ कलाकार निर शाह, रमेश उप्रेती, रविन्द्र खड्का, नागे डंगोलज्यूको उपस्थितीमा कार्यक्रम बिच शुभ मुहर्त गरिएको छ ।

शुभ मुहर्तका क्रममा चलचि त्रमा अभिनय गर्ने कलाकारहरु मानकृष्ण वा वा , सुरज व्यङ्जनकार, रोजिना सुवाल, भोगेन्द्र मानन्धर, रञ्जना सिदिकु, रिजन महर्जन, हसिना महर्जनको पनि उपस्थिति रहेको थियो ।

नेपाल भाषाका कलाकार मानकृष्ण वा वा को स्वास्य उपाचार तथा जीविकोपार्जन कोष निमाणार्थ सुखावती मल्टी प्रडक्सनको व्यानरमा निमार्ण हुन लागेको यस चलचित्रको निर्माता तथा निर्देशन सुरेन्द्र तुलाधारले गर्ने बताईएको छ । मानकृष्ण वावाकोषको सहयोगार्थ सम्पूर्ण कलाकारहरुको पारिश्रमिक, निर्माण उपकरणहरु तथा अन्य आवश्यक सामाग्रीहरु निशुल्क रुपमा विभिन्न माध्यमबाट प्राप्त हुने बताईएको   छ ।