बुधबार, बैशाख १२, २०८१

राष्ट्रपति भण्डारीबाट पशुपतिनाथ मन्दिरमा विशेष क्षमापूजा सहित सवा लाख दीप प्रज्वल

[फाइल फोटो]

 काठमाडौ मंसिर ३० ,
विगत ९ महिना देखि कोभिड कहरका कारण बन्द रहेको पशुपतिनाथ मन्दिर बुधबारदेखि पशुपतिनाथ मन्दिर स्वास्थ्य सुरक्षाका विधि अपनाएर सर्वसाधारणको लागि खुलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिर परिसरमा आज क्षमासहित विशेष पूजा अर्चना गर्नुभएको छ ।  सो पूजाअर्चनाको क्रममा उहाले सवा लाख दीप प्रज्वलनसमेत गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

मन्दिर दर्शको लागि कोषले पुस १ गतेदेखि मन्दिर प्रवेश गर्ने भक्तजनलाइ अनिवार्यरुपमा मास्क लगाउँदै मन्दिरको पश्चिम ढोकाबाट भक्तजनलाई प्रवेश गराई दर्शनपछि पश्चिम ढोकाबाट नै बाहिर निस्कने व्यवस्था मिलाएको छ । त्यस्तै यसवीचमा मन्दिर खुले पनि रसिद काटेर गरिने विशेष पूजा, भजनलगायत क्रियाकलापमा भने अझै रोक लगाईएको कोषले जनाएको छ ।