शुक्रबार, चैत्र १६, २०८०

१ करोड ६३ लाख रुपैयाँको चेक बाउंस मुद्दाका फरार अभियुक्त पोद्दार प्रहरी नियन्त्रणमा

काठमाडौ मंसिर ३० ,
चेक बाउंस मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका- ११ बबरमहल बस्ने ४८ वर्षीय अनिल पोद्दारलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

आफ्नो खातामा प्रयाप्त निक्षेप छैन भन्ने जानी–जानी काठमाडौं महानगरपालिका–१० बुद्दनगर बस्ने नानीबाबु खरेललाई १ करोड ६३ लाख रुपैयाँको बैंक चेक भुक्तानी दिा उक्त चेकको रकमा भुक्तानी हुन नसकेकोले चेक अनादार कसूर गरेको ठहर गरी जिल्ला अदालत काठमाडौंको २०७३ भाद्र १५ गतेको फैसलाले चेक अनादर मुद्दामा १ महिना कैद र १ करोड ६३ लाख बिगो भराउ तथा ३ हजार रुपैयाँ जरिवानाको फैसलागरेको थियो ।

तर अदालतको फैसला पछि फरार रहेका पोद्दारलाई काठमाडौं कलंकीमा लुकिछिपी बसेको अवस्थामा प्रहरी केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेको पोद्दारलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको व्यूरोले जनाएको छ ।