शुक्रबार, चैत्र १६, २०८०

लेखा अधिकृत रिठ्ठे दर्जीसहित ३ जना विरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्धा दायर

काठमाडौं मंसिर २९,
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भरतपुर, चितवनमा तत्कालीन समयमा नायब सुब्बा पदमा कार्यरत मनोज कुमार निरौलाले मुद्दा फाँटमा संकलित राजस्व रकममध्ये रु ४,७१,६१८ लेखा शाखामा नबुझाई आर्थिक अनियमितता गरेको अभियोगमा निज विरुद्ध मुद्धा दायर गरेको छ । दायर मुद्धामा ४ लाख एकहत्तर हजार छ सय अठार बिगो मागसहित भ्रष्टाचार निवारण बमोजिम हिनामिना भएको राजस्व रकमसमेत असुल उपर गर्न माग गरिएको छ ।

त्यसैगरी, मालपोत कार्यालय, भरतपुर चितवनमा कार्यरत लेखापाल बलराम सापकोटाले बैंक दाखिला प्रयोजनार्थ विभिन्न मितिमा संकलित राजस्व रकम आफूले बुझि रु ५८ लाख ४३हजार ८०६ रुपैया बैंक खातामा दाखिला नगरी आर्थिक अनियमितता गरेको र सोहि अदालतका लेखा अधिकृत रिठ्ठे दर्जीले राजस्व रकम रु ७ करोड ८लाख १७हजार ३७ रुपैया सम्बन्धित बैंकमा दाखिला नगरी हिनामिना गरेको जनाउनुको अलावा निजले सम्बन्धित बैंकको सरकारी छाप तथा कर्मचारीको दस्तखतसमेत किर्ते गरी नक्कली भौचरहरु तयार गरेको अभियोयोगमा ७ करोड ८ लाख १७ हजार ३७ रुपैंया बिगो माग गर्दै विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको जनाएको छ ।