शुक्रबार, चैत्र १६, २०८०

मङ्गलबार क्षमा पूजागरेसंगै बुधबारबाट भक्तजनले पशुपतिनाथको दर्शन गर्न पाउने

[फाइल फोटो]

 काठमाडौं मंसिर २९,
कोभिड महामाहामारीकाकारण विगत ९ महिनासम्म बन्द गरिएको राजधाीको गौशालास्थित पशुपतिनाथ मन्दिर खुला गर्नु पूर्व मङ्गलबार बिहान क्षमा पूजा गरिने भएको छ । कोभिड कहरका कारण लामो समय बन्द गरिएका कारण सर्व साधारणको दर्शनका लागि खुला गर्नु पूर्व मन्दिरमा क्षमा पूजा गर्नु पर्ने धार्मिक मान्यता अनुरुप यस किसिमको पूजा गर्न लागेको हो । क्षमा पूजा पछि पशुपतिनाथ मन्दिर स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेबाट दर्शनको लागि खुला गरिने पशुपति क्षेत्र विकास कोषले जाकारी दिएको छ ।

मन्दिर दर्शनको लागि खुला गरिएपनि यसवीचमा खुलेपनि मन्दिरभित्र हुने विशेष पूजा, भजनलगायत क्रियाकलापलाइ भने तत्कालका लागि खुला नगरिने जनाउदै कोषले क्रमस संक्रमणको जोखिम न्यूनिकण हुँदैर्गसंगै विशेष पूजा, भजनलगायत गतिविधि पनि क्रमशः सञ्चालनमा ल्याउने जानकारी दिएको छ ।

त्यस्तै पुस १ बाट खुला गरिने पशुपति नाथ मन्दिरमा दर्शनको लागि मन्दिरको पश्चिम ढोकाबाट भक्तजन प्रवेश गराई दर्शन पछि सोहि ढोकाबाट बाहिर निस्कने व्यवस्थासंगै मन्दिर प्रवेश गर्दा भक्तजनले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने व्यवस्था गरिएको कोषले जनाएको छ ।