बुधबार, बैशाख १२, २०८१

सडकमा ‘राजा आऊ देश बचाऊ’ को नारालाइ प्रधानमन्त्री ओलीले प्रशय दिदै आएको देउवाको आरोप

काठमाडौं मंसिर २९,
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको राजावादीसँग उठबस रहेको आरोप लगाउदै सरकारकै कारण सडकमा ‘राजा आऊ देश बचाऊ’ को नाराको गुञ्जन हुन थालेको  बताउनुभएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने क्रममा हेटौंडामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै सभापति देउवाले राजावादीहरुको आन्दोलनका लागि ओली सरकार मुलत जिम्मेवार रहेको बताउनुभयो।

सम्बोधनको क्रममा सभापति देउवाले प्रजातन्त्रको खिलाप जानुहुन्न भन्दा तत्कालिन राजाले आफूलाई थुनेको भन्दै राजालाई कांग्रेसले पटकपटक ल्याए पनि उनीहरू प्रजातन्त्रलाई देखिनसहेका कारण राजा आउने भ्रम नराख्न र गणतन्त्रको पक्षमा उभिन आग्रह गर्नु भएको छ