बिहिबार, बैशाख १३, २०८१

सरकारी जग्गा हिनामिना प्रकरणमा अख्तियारका पूर्वप्रमुख आयुक्‍त बस्न्यात पुर्पक्षका लागि थुनामा

काठमाडौं मंसिर २८,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्‍त दीप बस्न्यात थुनामा परेका छन् । बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा  विशेष अदालतका न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इलजासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

आइतवार अदालतमा हाजिर भएका बस्न्यातलाई अख्तियारको आयुक्त हुनुअघि भूमिसुधार मन्त्रालयको सचिव भएका बेला बालुवाटार जग्गा प्रकरणमा  फर्जी मोही खडा गरेर ललिता निवासको जग्गा हडप्न सहयोग गरेको अख्तियारको दाबी छ । बस्न्यातविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनही ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ विगो दाबी गर्दै मुद्दा दायर गरेको थियो ।