बिहिबार, चैत्र १५, २०८०

आज दिवंगत पितृ उद्धारको कामना गदै बालाचतुर्दशी पर्व मनाइदै

फाइल फोटो

काठमाडौं मंसिर २८,
आज बालाचतुर्दशी पर्व अर्थात आजको दिन आज दिवंगत पितृ उद्धारका कामना गदै आज पशुपतिलगायत विभिन्न शिवालयमा शतबीज अर्थात छरेर [धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो] बालाचतुर्दशी मनाइँदैछ ।

प्रत्येक वर्ष मंसिर कृष्ण चतुर्दशी अर्थात् आजैका दिन छरेको सतबीज दिवंगत भएका आफन्तले पाउँछन् भन्ने धार्मिक विश्वास सहित मनाउँने गरेको यस पर्वको अवसरमा भगवान् शिव मृगरुप लिएर घुम्नु भएको पूण्यक्षेत्र पशुपतिमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पूण्य मिल्ने र दिवंगत आत्माले मुक्ति पाउने धर्मसास्त्रमा उल्लेख रहेको पाइन्छ ।

विगतका वर्षमा प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वको अवसरमा देशका विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजनको उपस्थितीसंगै आज पशुपतिमानाथ मन्दिरमा दर्शनार्थीको भीड लाग्ने गर्दथ्यो । तर यसवर्ष कोभिड कहरका कारण सरकारले नै मेला, पर्व, उत्सवमा भीडभाड नगर्ने नीति कायम राखेको उल्लेख गर्दै उहाँले बालाचतुदर्शी पनि घरमै बसी मनाउन आग्रह गरिए अनुरुप पशुपतिनाथ ल देवघाट लगायतका क्षेत्रमा भक्तजनको उपस्थिती निकै कम रहेको बताइएकोछ ।

त्यस्तै कोभिड कहरकै कारण पशुपति क्षेत्रमा बालाचतुर्दशीको अघिल्लो रात दिवंगत पितृका नाममा दीपदान एवम भजनकीर्तन सहितका कार्यक्रममा समेत रोक लगाईएको छ ।