शुक्रबार, चैत्र १६, २०८०

कोभिड कहरका कारण विवाह पञ्चमी परम्परालाई धान्दै सीमित रुपमा मनाइने

जनकपुर मंसिर २६
बढ्दो कोभिड कहरकाबीच बिभिन्न धार्मिक गतिविधि हुन नसकेको अवस्थामा वर्ष ०७७मा जनकपुरस्थित जानकी मन्दिरमा आगामी पुस ४ गते शनिबार मनाइने विवाह पञ्चमी पनि प्रभावित हुने भएको छ ।

प्रत्येक वर्ष विवाह पञ्चमीको २ साताअघिदेखि नै चहलपहल शुरु हुन्थ्यो । तर यस वर्ष विवाह पञ्चमी आउन एक साता बाँकी रहँदा समेत कुनै चहलपहल नदेखिएको हाम्रा सहकर्मीले जनाएको छ ।

यस पटक विवाह पञ्चमीको अवसरमा परम्परालाई धान्दै सीमित रुपमा मनाइने जानकी मन्दिर व्यवस्थापनले जनाएको छ । त्यस्तै समितिले साताव्यापी रुपमा मनाउने कार्यक्रम अन्र्तगत  मंसिर २९ गते जनकपुर नगर दर्शन, ३० गते फूलबारी लिला, पुस १ गते धनुष यज्ञ, पुस २ गते तिलकोत्सव, ३ गते मटकोर, ४ गते शुभ विवाह र ५ गते रामकलेबा विधि गरिने जनाएको छ ।