शुक्रबार, चैत्र १६, २०८०

उपत्यकाका ४०४ सहित देशभर थप १२१७ जनामा कोभिड संक्रमण, १२ जनाको मृत्यु

काठमाडौ मंसिर २५,
पछिल्लो २४ घण्टामा देशका विभिन्न् प्रयोगशालामा ७ हजार २३२ जनाको पीसीआर परिक्षणको क्रममा देशभर थप १ हजार २१७ जनामा कोभिड संक्रमण पुष्टिभएसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको छ ।

त्यस्तै यसवीचमा थप १ हजार ६४ जना संक्रमणमुक्त भएसंगै संक्रमणमुक्त हुनेको सख्या २ लाख ३१ हजार ६०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले आज पहिचान भएका संक्रमित मध्ये काठमाडौ उपत्यकामा ४०४ जनामा संक्रमण देखिएको र यसमध्ये काठमाडौमा ३२८ जना, भक्तपुरमा २५ र ललितपुरका ५१ जना रहेको जनाएको छ । साथै संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ६३ पुगेको अवस्था छ ।