शुक्रबार, चैत्र १६, २०८०

बुधबार उपत्यकाका ५०७ सहित थप १ हजार ५६ जनामा कोभिड संक्रमण पुष्टि, १४ जनाको मृत्यु

काठमाडौं मंसिर २४,
पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ६ हजार २८६ जनाको पीसीआर परीक्षणको क्रममा थप १हजार ५६ जनामा कोभिड सङ्क्रमित थपिएका छन । योसँगै नेपालमा कोभिड संक्रमितको संख्या २ लाख ४४ हजार ४ सय ३३ पुगेको छ । त्यस्तै थप १ हजार ४ सय ८३ जना संक्रमित संक्रमणमुक्त हुँदै डिस्चाज भएसंगै कोभिड मुक्त हुनेको सख्या २ लाख ३० हजार ५ सय ३७ पुगेको छ ।

त्यस्तै क्वारेन्टिनमा ५ सय २५ जना रहेका छन भने सक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ । प्राप्त पछिल्लो डेटा अनुसार संक्रमणवाट हालसम्म १ हजार ६ सय ५१ जना पुगेको मन्त्रालयले जनाएको छ।  साथै उपत्यकामा आज ५०७ जना संक्रमित पहिचान भएको र यसमध्ये काठमाडौमा ३९३ जना, भक्तपुरमा ३९ र ललितपुरका ७५ जना रहेको मन्त्रालयले जनाएको छ ।