बिहिबार, बैशाख १३, २०८१

सर्वदलीय बैठक : संविधान विरोधी क्रियाकलाप विरुद्ध एकै कित्तामा उभिन प्रमको आग्रह

काठमाडौ मंसिर २३ ,
प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज संघीय संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि र पूर्वप्रधानमन्त्रीहरु सहभागी आव्हान गर्नुभएको सर्वदलीय बैठकमार्फत मुलुकमा पछिल्लो समय संविधान विरोधी क्रियाकलाप बढेको भन्दै यसकोप्रतिरोधका   लागि सबै दल एकै कित्तामा उभिन आग्रह गर्नु भएको छ ।

बैठकमा सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी, प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी , राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीको सहभागिता रहेको छ ।

यसैबीच बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठकमा कोभिड रोकथाम र नियन्त्रणमा सरकार असफल मात्र भएको नभइ यसवीचमा
भ्रष्टाचार बढेको, सरकारका गतिविधिका कारण नागरिकमा निराशा छाएकै कारण राजतन्त्रको पक्षमा सडकमा प्रदर्शन बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएको बुझिएकोछ ।