शुक्रबार, चैत्र १६, २०८०

मुलुकमा सिर्जित नयाँ खाले समस्या सम्बोधनका लागि प्र.म ओलीको आव्हानमा आज सर्वदलीय बैठक बस्दै

काठमाडौं मंसिर २३,,
प्रधानमन्त्री केपी ओलीले आज सर्वदलीय बैठक आह्वान गरेका छन् । यसअघि नेपाल र भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुरामा सीमा विवादका विषयमा छलफल गर्न  गत वैशाख ३१ मा सर्वदलीय बैठक बोलाएका प्रम ओलीले यसपटक मुलुकमा राजसंस्थाको पक्षमा प्रदर्शन चर्कदै आएसंगै साझा धारणा बनाउन सर्वदलीय बैठक आह्वान गरेको हो ।

मुलुकमा कोभिड सन्त्रासाको बढ्दो महामारीका वीचपनि मौलाएको भ्रष्टाचार लगायतका अनेकन विकृतिका कारण जनताले स्वतस्फुर्त रुपमा नयाँ विकल्पको खोजी गर्दै कृहि समय यतादेखि विभिन् खाले प्रदर्शन गर्दै आइरहेका छन ।

एकातर्फ पार्टी मौलाएको किचलो अर्को तर्फ व्यवस्था विरोधी प्रदर्शनका कारण के गर्ने भने सवालमा साझा धारणा तय गर्न आज बिहान ११बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा संसदमा प्रतिनिधित्व गर्ने दलसंग सर्वदलीय बैठक आव्हान गरेको हो । सत्तारुढ नेकपाभित्र विवाद चुलिएको समयमा प्रधानमन्त्री ओलीले आब्हान गर्ने बैठकमा कोभिड संक्रमण नियन्त्रणको प्रयास लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।