शुक्रबार, चैत्र १६, २०८०

उपत्यकाका ४४२ सहित देशभर थप १ हजार १४ जनामा संक्रमण ,२० जनाको निधन

काठमाडौ मंसिर २२,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार २ सय २० जनाको कोभिड पीसीआर परीक्षणको क्रममा थप १ हजार १४ जनामा संक्रमण देखिएसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ भने कुल संक्रमित मध्ये सक्रिय संक्रमितको संख्या १२ हजार ९४८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै आज पहिचान भएका संक्रमित मध्ये काठमाडौ उपत्यकाका थप ४४२ जना रहेको र यसमध्ये काठमाडौमा ३४४ ललितपुरका ६७ र भक्तपुरका ३१ जना रहेको छ।

त्यसैगरी देशभर थप १६ सय २८ जना संक्रमित उपचार पछि डिस्चार्जभएसंगै संक्रमण मुक्त हनेको संख्या २ लाख २७ हजार ४३३ पुगेको    मन्त्रालयले जनाएको छ भने संक्रमणबाट थप २० जनाको निधन भएसंगै संक्रमणबाट निधन हुनेको संख्या १ हजार ६ सय १४ पुगेको छ ।