शनिबार, बैशाख ८, २०८१

मिस नेपालको ताज जितिन सन्ध्याले

काठमाडौं मंसिर २० ,
सत्तारुढ नेकपाकी समानुपातिक सांसद इन्दु शर्मा र केन्द्रीय सदस्य रामकुमार शर्माकी छोरी सन्ध्या शर्माले मिस नेपाल २०२० को ताज जित्न सफल भएकी छिन् । पढाइमा समेत अब्बल रहेकी सन्ध्याले मिस नेपाल वल्र्डको उपाधि जित्न नसके पनि तेस्रो स्थानको मिस नेपाल इन्टरनेशनल जित्न सफल भएकी छिन् ।

त्यसैगरी, नम्रता श्रेष्ठ ‘मिस नेपाल वर्ल्ड २०२०’ बन्न सफल भएकी छन्। प्रतियोगितामा २० प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनी मिस नेपाल बन्न सफल भएकी हुन्। उनलाई ‘मिस नेपाल वर्ल्ड २०१९’ की अनुष्का श्रेष्ठले ताज पहिराएकी हुन्। श्रेष्ठ किन्डर गार्डेन टिचर हुन्। यसैगरी, ‘मिस नेपाल सुप्रा नेसनल २०२०’ को ताज सिमल कनौजियाले पाएकी छन् भने ‘मिस नेपाल अर्थ २०२०’ को उपाधि सुप्रिया श्रेष्ठले पाएकी छन्।