शुक्रबार, चैत्र १६, २०८०

कोभिड बीमाको दाबी रकम ३ दिनभित्रै भुक्तानी गर्न अर्थको निर्देशन

काठमाडौं मंसिर १८,

कोभिड विमाको दावी भुक्तानीमा विलम्वभएसंगै पुन अर्थ मन्त्रालयले बीमाको दाबी रकम ३ दिनभित्रै भुक्तानी गर्न निर्देशन दिएको छ । मन्त्रालयले बीमा समितिलाई पत्र लेखेर मन्त्रालयले यसअघि ७ दिनभित्रै दाबी रकम भुक्तानीको लागि निर्देशन दिए पनि यसको प्रभावकारी कार्यान्वयन नभएको भन्दै अब ३ दिनभित्रै रकम भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

त्यस्तै अर्थले भुक्तानीको अवस्थाबारे नियमित जानकारी गराउन पनि मन्त्रालयले बीमा समितिलाई ताकेता गर्दै दाबी भुक्तानीमा देखिएको समस्या र सोको समाधान गर्न समितिबाट कस्तो पहल भइरहेको छ त्यस विषयमा पनि मन्त्रालयले के गर्न सक्छ ? भन्ने जानकारी समेत अर्थले माग गरेको छ ।

त्यस्तै अर्थले हालसम्मको दाबी संख्या, प्रमाणिकरणका लागि स्वास्थ्य सेवा विभाग पठाएको संख्या, नक्कली दाबीको संख्या, दाबी भुक्तानीको विवरण र कागजात पुरा भएर भुक्तानी गर्न बाँकी विवरण सार्वजनिक गर्न समेत समितिलाई निर्देशन दिएको छ ।