बिहिबार, चैत्र १५, २०८०

ठमेलका व्यवसायीहरुले भने -सरकार व्यवसाय खोलौँ कि आत्महत्या गरौँ  ? {फोटो फिचर}

राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा प्रदर्शन

अनुप प्रधान 
काठमाडौं मंसिर १८,
राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेल पर्यटकको चहलपहल, क्लब, दोहोरी, डान्सबारसहितका रात्रीकालीन गतिविधिसंगै चमकधमक हुन्थ्यो ।  तर विश्वप्यापी कोभिड स।क्रमणको महामारीसँगै बन्द भएको रात्रीकालीन व्यवसाय अझै खुलाइएको छैन । गत चैतदेखि नै बन्द भएको व्यवसाय अझै नखुलाइएको भन्दै सो क्षेत्रमा कार्यरतहरुले प्रदर्शन गरेका छन् ।

९ महिनादेखि व्यवसाय बन्द हुँदा सो क्षेत्रमा कार्यरत कर्मचारीका साथै व्यवसायी नराम्ररी प्रभावित बनेका छन् भने जोखिम कायमै रहेको सरकारी भनाइका कारण अब कहिले खुल्छ भन्ने पनि टुंगो नभएपछि आफूहरु थप समस्यामा परेको भन्दै बुधबार सो क्षेत्रमा कार्यरतहरुले ठमेलमा प्रदर्शन गरेको हो ।

ठमेल पर्यटन विकास परिषद र ठमेल रात्रीकालीन व्यावसायी उपसमितिको अगुवाइमा भएको प्रदर्शनको क्रममा पहिलेकै अवस्थामा व्यवसाय खोल्न दिन माग गरेका थिए । त्यस्तै सहभागीबाट ‘रोग भन्दा भोक ठूलो, सरकार व्यवसाय खोलौँ कि आत्महत्या गरौँ, नेपाल सरकार कता छ, रात्रीकालीन व्यवसायी यता छ, काम छैन दाम छैन’, सरकारले अझै ताला ला भन्छ घरबेटीले घर छाडेर जा भन्छ, विरोध होइन व्यवसाय सञ्चालन गर्न देऊ, कि त काम देऊ कि त माम देऊ लगायतका प्लेकार्ड बोकेर सरकारको चाँडो व्यवसाय खोल्न ध्यानाकर्षण गराउनुको अलावा काठमाडौं बिजुली बजारमा भेला भएर त्यहाँबाट माइतीघर मण्डलासम्म पुगेर उनीहरूले कोणसभा समेत गरेका  थिए ।