बिहिबार, चैत्र १५, २०८०

काँग्रेस नेता पौडेलले भने – प्रधानमन्त्री ओली लोकतन्त्रका लागि नभइ भुटन चौधरी हत्याका कारण जेल परेको हुन

काठमाडौ मंसिर १८,
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँको बुल्दी खोलामाथिको पुल आज उद्घाटन सत्रलाइ सम्बोधन गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीमाथि तिखो टिप्पणी गरेका छन् ।

सम्बोधनको क्रममा नेता पौडेलले प्रधानमन्त्री केपी ओली लोकतन्त्रका लागि १४ वर्ष जेल बसेको नभइ ज्यान मुद्दामा जेल परेको बताउदै नेता पौडेलले भने झापा काण्ड र भुटन चौधरीको हत्याका कारण ओली जेल परेको खुलासा मात्र गरेनन जनआन्दोलनका बेला बलयगाढा चढेर अमेरिका पुगिन्छ रु भनेका ओली राष्ट्रिय अन्तर्राष्ट्रिय षड्यन्त्रले सरकारको नेतृत्वमा पुगेको आरोप समेत लगाउनुभयो ।

त्यस्तै पौडेलले प्रधानमन्त्री ओलीको राष्ट्रवादमाथि समेत प्रश्न उठाउदै ‘राष्ट्रवादको हिरो त अस्ति देखिहालियो नि । विदेशी गुप्तचरसँग ३ घण्टा के गरियो रु राष्ट्रवाद त्यही हो रु ’ भन्दै नेता पौडेलले प्रश्न गरे ।साथै कम्युनिस्ट कहिल्यै लोकतन्त्रवादी हुँदैन’ भनेको स्मरण गर्दै पौडेलले प्रधानमन्त्री ओली सुध्रिए होलान् भन्ने लागेपनि नसुध्रिएको बताए ।