शुक्रबार, चैत्र १६, २०८०

डिआइजी पोखरेल एआइजी बढुवाका लागि सिफारिस

काठमाडौ मंसिर १६,
नेपाल प्रहरीका डिआईजी विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक एआईजी बढुवाका लागि सिफारिस भएका छन ।सोमबार साँझ गृह मन्त्रालयमा बसेको बढुवा समितिले पोखरेललाई बढुवा गर्न सिफारिस गरेको हो ।

डीआईजी पोखरेलले नेपाल प्रहरी संगठनको प्राय सबै कार्यालयहरुको अनुभव सम्हालेका तालिम केन्द्र, एकेडेमी, गण, अपराध अनुसन्धान महाशाखा, महानगरीय ट्राफिक कार्यालय, काठमाडौँका प्रायः सबै युनिटको कमाण्ड सम्हाल्दै पछिल्लो समय महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन् ।