शनिबार, बैशाख ८, २०८१

ससद् विघटनको सिफारिस लोकतान्त्रिक प्रणालीमाथिको गम्भीर बज्रपात : पत्रकार महासंघ

काठमाडौं पुस ५,
नेपाल पत्रकार महासंघले संसद् विघटन सिफारिस गर्ने सरकारी कदमलाई गैर संवैधानिक भएको बताएका छ ।

महासंघका महासचिव रमेश विष्टद्वारा जारी  विज्ञप्तिमा प्रधानमन्त्री  केपी   ओलीले  मंसिर ३० गते जारी संवैधानिक परिषद् नियुक्तिसम्बन्धी अध्यादेशको सर्वत्र विरोध र दबाब भैरहेको अवस्थामा आज प्रधानमन्त्री   ओलीले संसद् विघटन गर्ने सिफारिस गर्नुले नेपालको संविधान २०७२ र संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीमाथि गम्भीर बज्रपात भएको उल्लेख गरिएकोछ ।

त्यस्तै विज्ञप्तिमा  महासंघले प्रधानमन्त्रीको संविधानविपरीतको सिफारिस कार्यान्वयन नगर्न सम्माननीय राष्ट्रपतिसँग आग्रह गर्दै सम्पूर्ण लोकतान्त्रिक तथा नागरिक अधिकारका पक्षपातीहरूलाइ प्रम ओलीको यस कदमको विरोध गर्न महासंघले आग्रह समेत गरेको छ ।