शुक्रबार, चैत्र १६, २०८०

उपत्यकाका ५६१ सहित देशभर १३ सय ४३जनामा कोभिड संक्रमितको पहिचान , १३को मृत्यु

काठमाडौं मंसिर १८
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ९ हजार २ सय ८९ सय जनाको पीसीआर परीक्षणको क्रममा थप १३ सय ४३जनामा कोभिड संक्रमण पुष्टि भएसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७ सय ६६ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी देशभर थप २१ सय ११ जना संक्रमित उपचार पछि डिस्चार्ज भएसंगै स.क्रमण मुक्त हुनेको संख्या २ लाख २० हजार २ सय ७२ पुगेको छ भने संक्रमणबाट थप १३ जनाको मृत्युभएको छ । यो संगै संक्रमणबाट निधन हुनेको संख्या १५ सय ५१ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी काठमाडौ उपत्यकामा थप ५६१ जनामा संक्रमण देखिएको छ । मन्त्रालयको कोभिड अपडेट विवरण अनुसार आज उपत्यकामा पहिचान भएका संक्रमित मध्ये काठमाडौमा ४५५ ललितपुरमा ८० र भक्तपुरमा २६ जना गरी ५६१ जनामा रहेको जनाएकोछ ।