शनिबार, बैशाख ८, २०८१

काँग्रेस सभापति देउवाको अनपस्थितीसंगै संवैधानिक परिषद्को बैठक अनिश्चित

 काठमाडौं  मंसिर २८,
प्रधानमन्त्री केपी ओलीले आज वोलाएको संवैधानिक परिषद्को बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित नहुने भएसंगै अनिश्चित भएको छ ।

यसअघि छलफल पछिनै प्रधानमन्त्री केपी ओलीले आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोगसहित विभिन्न संवैधानिक निकायमा रिक्त प्रमुख र सदस्य गरी ४५ पदका लागि नियुक्ति गर्ने सोच अुरुप परिषद्को बैठक बोलाएपनि देउवाले आफू पार्टी कार्यक्रमका कारण व्यस्त रहेका जनाउ सहित शनिवार बैठकमा सहभागी हुन नसक्ने सहितको जानकारी प्रम ओलीलाइ गराएको थियो ।

संवैधानिक नियुक्तिको महत्वपूर्ण निर्णय गर्ने संवैधानिक परिषद्को बैठकमा विपक्षी दलको नेता सहित प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभा अध्यक्ष, र उपसभामुख सदस्य रहने कानुनी व्यवस्था रहेको छ ।