बिहिबार, चैत्र १५, २०८०

नव गठित विज्ञापन बोर्डका लागि पाँच सदस्य नियुक्त,अध्यक्ष खुला प्रतिस्पर्धाबाट चयन गरिने

काठमाडौं मंसिर १५,

नेपालको सञ्चार क्षेत्रमा समग्र विज्ञापन नीतिनिर्माण गर्ने र नियमन गर्ने उद्देश्यले सरकारले पहिलो पटक विज्ञापन बोर्ड गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘राजधानी दैनिक’ प्रकाशनका अध्यक्ष महेन्द्रबहादुर शेरचन तथा पत्रकार शुभशङ्कर कँडेल, बलराम थापा, चन्द्र न्यौपाने र वन्दना दनुवारलाई बोर्ड सदस्यमा नियुक्त गरेको हो ।

मन्त्रालय सम्वद्ध स्रोतका अनुसार बोर्डमा अध्यक्ष खुला बाट ल्याइने तथा गृह, उद्योग, वाणिज्य तथा आपूर्ति र सञ्चारमन्त्रालयका सहसचिव पनि सदस्य रहने व्यवस्था रहेको जनाएको छ । बोर्ड सदस्यको कार्यकाल चार वर्षको रहने छ ।