बुधबार, बैशाख १२, २०८१

राजसंस्था, हिन्दु राष्ट्र पुनःस्थापनाको माग सहितको आन्दोलन मोफसलबाट राजधानी केन्द्रीत हुँदै

काठमाडौं मंसिर १५,
मोफसल केन्द्रीत राजसंस्था, हिन्दु राष्ट्र पुनःस्थापनाको माग सहितको आन्दोलन संघीय राजधानी प्रवेश गरेको छ। आज राजधानीमा राष्ट्रिय नागरिक आन्दोलनको अगुवाईमा प्रदर्शन गरिएको हो राजधानीको माइतीघर मण्डलावाट सुरु भएको प्रदर्शनले उपत्यकाका विभिन्न स्थान परिक्रमा गरेको थियो ।
यसअघि विराटनगर, पोखरा, बाँके, कैलाली, रौतहट र हेटौडा लगायतका क्षेत्रमा प्रदर्शनको क्रमले निरन्तरता पाउदै आएको छ। प्रदर्शनकारीहरुले वर्तमान केपी ओली नेतृत्वको सरकार भ्रष्टचारबाट लिप्त भएर सुशासन कायम गर्न नसकेको भन्दै हिन्दु राष्ट्र र राजसंस्थाका पक्षमा नारा लगाउनुको अलावा संघीयता खारेजीको माग सहित राजा आउ देश बचाउको नारा लगाएका थिए ।